एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

खेलकुद समाचार

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म नेपालले श्रीलङ्कासँग सात पटक खेलेको छ । जसमा नेपाल पराजित हुनु परेको छैन । फिफा वरियतामा नेपाल एक सयौँ स्थानमा छ भने श्रीलङ्का एक सय ५९औँ स्थानमा छ ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ । नेपालले तेस्रो खेल शनिबार उज्वेकिस्तानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *