विनयी खोलाको पुल निर्माण सम्पन्न, बिहीबारदेखि यातायात सञ्चालन हुने

विविध समाचार

काठमाडौं । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

नारायणघाट–बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको र बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आउने जानकारी दिएको हो । गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *