काठमाडौं । ५८ वर्ष उमेर हदबाट अवकास लिएको भोलि पल्ट संवैधानिक आयोग र कुटनितिक नियोगमा नियुक्ति खानेहरुको स्वाथ्र्य समूहले निजामती विधेयकले झट्का दिएको छ । दुई वर्षे कुलिङ पिरियड राख्न नहुने भन्दै उच्च तहका कर्मचारीहरुले प्रधानमन्त्रीलाई दबाव दिएका थिए । मुख्य सचिव एकनारायण अर्याल, श्रमसचिव कृष्णहरि कर्ण पुष्कर, गृहसचिव गोकर्णमणि दुवाडी, भौतिक सचिव केशव कुमार शर्माले संसद सचिवालयका सचिव पदम प्रसाद पाण्डे लगायतले कुलिङ पिरियड लागू गर्न नहुने धारणा राखेका थिए । पाँच पाण्डवले राज्य व्यवस्था समितिमा पनि दवाब दिएका थिए ।
सचिव पदमा रहुन्ञ्जेल भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाउने र सो सम्पत्ति जोगाउनको लागि अख्तियारमा मुद्दा परेपनि उजुरी दबाउन पछि नपर्ने सचिवहरु निजामती क्षेत्र विद्यमान छ । देशको राजनितिक परिवर्तनले सिंहदरबार केन्द्रीत शक्तिहरु अहिले प्रदेश र स्थानिय तहमा विकेन्द्रीकरण गरेको एघार वर्षपछाडि कर्मचारी व्यवस्थापन गर्ने संघीय निजामती विधेयक, प्रतिनिधि सभाको बैठकले पारित गरेको छ । राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णयलाई पाँच पाण्डवको दवाबको कारण प्रधानमन्त्रीले सुईंकार गर्न सकेका थिएनन्। तर, प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड दाहालले कांग्रेससभापति शेर बहादुर देउवाबीच समन्वय गरी प्रधानमन्त्री कार्यालयमा छलफल भएपछि सचिवहरुको स्वार्थमा बार लाग्यो ।
विधेयकमा निरन्तर राजनितिक दवाबको भरमा पाँच भाईले गर्दै आएको विरोधसँगै कर्मचारीका नेताहरुमा चुनौती थपिदियो । कर्मचारीहरुको उमेर हद ५८ बाट ६० बनाउँदा विधेयक पास भएको वर्ष ५८ मै कायम हुने सचिव पद चार वर्षको रहने, जुनियर कर्मचारीहरु सोर्सर्फोस र पैसाको लेनदेनमा बढुवा हुने बाटो पनि बन्द भएको छ । अतिरिक्त सचिव राख्ने व्यवस्थाले गर्दा सचिवहरु अब शक्तिको आडमा सधैं मस्ती गर्ने, कोहीलाई सधैं सास्ती दिने बाटोपनि बन्द भएको छ । प्रदेश सरकारलाई कर्मचारी राख्ने अवधी विधेयकमा तोके बमोजिम अधिकृत र नासु तहका कर्मचारी दुर्गममा बस्नुपर्ने बाध्यता र्सिजना गरेको छ । निजामती विधेयक कै कारण शिक्षा विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक ल्याउनको लागि पनि बाटो खुला गरेको छ ।
प्रहरीमा उमेर हद ५८ र सेवा अवधि ३० वर्षको प्रावधान छ । तर, प्रहरीको हरेक आइजिपीको ध्यान ३० वर्षे हटाउने थियो । तर, यसपटक आइजीपी भएको ६ महिनामा अवकाश जाने दिपक थापालाई प्रहरी विधेयक पारित भएपनि समय थप हुने अवस्था छैन । थापाको लागि ६० वर्ष लागू हुँदैन ।

