बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने, यसअघि निर्धारण भएका बैठक सूचना टाँसेर स्थगित

वाग्मती प्रदेश समाचार

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची रहेकोले आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएका थिए । बिहीबारको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *