वनलाई उत्पादनसँग जोड्न निगुरो र अम्रिसोको खेती, तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको हाल तीन सय रोपनीमा फैलाउन सफल

विविध समाचार

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकाले सामुदायिक वनलाई उत्पादनसँग जोड्न निगुरो र अम्रिसोखेती गरेका छन् ।

वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब तीन सय रोपनी क्षेत्रमा निगुरो र अम्रिसो लगाएका हुन् । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल तीन सय रोपनीमा फैलाउन सफल भएको गाउँपालिकाले जनाएको छ । साथै अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने योजना रहेको सुनाए ।

पहिला गाउँघरमा पशुचौपाया पाल्थे वन सफा हुन्थ्यो, हाल बसाइँसराइका कारण पहिलाको जस्तो बस्तुभाउ नहुँदा वनमा झाडीको व्यवस्थापन गर्न कठिनाई भइरहेकोले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसोको साथै अन्य बिरुवाहरुपनि लगाएको काठेखोला गाउँपालिकाले जनाएको छ । यसले गर्दा वनलाई आम्दानीसँग पनि जोडिने जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *