नेपाललाई मैत्री वातावरण निर्माण गर्न कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई थप प्रभावकारी बनाउने:प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानी गर्न उत्कृष्ट देश भएको बताएका छन् ।

स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलका क्रममा उनले स्पेनी व्यवसायीहरूलाई यस्तो बताएका हुन् ।

उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारहरूलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यक्रममा नेपाल र स्पेनबीच व्यवसाय, लगानीका लागि धेरै ढोका खुलेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रम शक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरेका थिए । नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *