राहत र उद्धार व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसको सरकारलाई ध्यानाकर्षण

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार र राहतमा जुट्न अपिल गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढीले पुर्याएको जनधनको क्षति दुखि र र गम्भीर बनाएको भन्दै राहत र उद्धारमा जुट्न अपिल गरेका हुन् । साथै कांग्रेसले उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ । यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

विज्ञप्तिमा ‘वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत बर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै÷स्मरण गराउँदै नेपाली काँग्रेस एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गर्दछ । नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील ।’ गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *