काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म चौकीदार भन्ने प्रचार गर्दा व्यापकता पाएको थियो । पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नै लहडमा म झोले हुँ भन्ने शब्द बोलेपछि आम कार्यकर्ताहरु पनि झोले भन्न थाले । राजनीतिक सल्लाहकार विष्णु रिमाल प्राविधिक सल्लाहकार असगर अलीको प्रस्तावले म झोले प्रचार भयो । झोलेको साथ उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल सचिव पदमा अर्यालले झोला भिरेको फोटो फेसबुकमा प्रचार गरे । तर त्यो एमालेका ६ हजार कार्यकर्ता भन्दा बढीले बोलेनन् । जबकि युवा संघ र अखिलका सदस्यहरुले त्यो प्रचार गरेको भए लाखभन्दा बढी हुने थियो ।
एमाले आफ्ना क्रियाशील सदस्य आठ लाख भएको दाबी गर्दै आएको छ । तर सदस्य नवीकरण पाँच लाख ३५ हजारभन्दा माथि सदस्य नविकरण भएको छैन । यो बीचमा एमालेले हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग यात्रा ग¥यो । यी दुवै यात्रा सफल पारेपछि नेकपा एमाले र कांग्रेसका बीचमा सत्ता सहकार्य भयो । भ्रष्टाचार र बेथितिसँग जोडिएका कांग्रेस र एमाले भित्र जोगाउने काम पनि भयो । सरकारको काम सन्तोषजनक नहुँदा अध्यक्ष ओलीको झोले अभियान पार्टीका पोलिट ब्युरो सदस्य गोकुल बास्कोटाले खरो टिप्पणी गर्दा एकाएक झोले शब्द थन्किन पुग्यो ।
अध्यक्षले ओलीले पार्टीको निर्देशन जो कसैले मान्नुपर्छ भन्न सकेनन् तर ओलीका सहयोगी दुई चार जनाले फेसबुकमा प्रचार गर्दा उल्टै ओमनी नेपाल ट्रस्टबाट गरिबन्धु थाम्सेकुजस्ता घटनाले एमाले नेता जोडिएको काण्डले सामाजिक सञ्जाल भरियो झोले शब्द पनि बन्द भयो ।

