काठमाडौं । भ्रष्टाचार र कुशासनको पर्खाल चिर्ने रास्वपाका सभापति आफंै सहकारी ठगीमा फसेपछि कार्तिक १७ गते हुने रुपन्देही ३ को उपचुनाव जेलबाटै निरीक्षण गर्ने भएका छन् । रवि लामिछानेले रूपन्देही क्षेत्र नम्बर ३ मा सागर ढकाललाई उम्मेदवार बनाइँदैछ । सागर तिनै हुन् जो कांग्रेस सभापति शेरबहादुर देउवाको कुशासनविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवार भएका थिए । देउवाको क्षेत्रमा प्रहरी र कांग्रेस पार्टीले ढकाललाई गाउँ छिर्न र मत माग्न दिएको थिएन । प्रजातन्त्रको वकालत गर्ने कांग्रेसलाई आफ्ना नेताको लुट सुशासन हुन्छ, देशका युवालाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउँदा लाखौं असुल्ने देउवा पत्नी आरजुको लुट, छोरा जयवीरको नामको कम्पनी मार्फत शुद्ध बनाउनुले देउवा परिवारप्रति जनलहर घटेको छ ।
९३ हजार मतदाता रहेको रूपन्देही ३ मा २०७९ को चुनावमा एमाले राप्रपा र जसपाको गठबन्धनले दीपक बोहरालाई उम्मेदवार बनाउँदा गृहमन्त्री बालकृष्ण खाँड पराजित भए । नक्कली भुटानी प्रकरणका खाँड त्यही काण्डमा पक्राउ परेका थिए । जेलबाट छुट्दा धरौटीमा बाहिरिएका खाँड कांग्रेसको देउवा गुटबाट बाहिरिएका छन् । पत्नी मञ्जु खाँड आरजुलाई आरक्षण कोटामा सांसद बनाएर कांग्रेसले आफ्नो पहिचान देखाएको छ । बोहरा त्यो चुनावमा समेत एक शब्द बोलेनन् । कोभिड रोगले उनको स्वर गुम्यो । २०७९ देखि ८१ सम्म चैत १९ सम्म उनी सांसद थिए । हाजिर गर्थे, बस्थ,े उठेर हिँड्थे । अब राप्रपाको एक सिट घट्ने छ भने कांग्रेस एमाले माओवादी प्रतिको जनभावना एउटै छ । यी दल भ्रष्ट हुन् । सुन तस्करी रक्त चन्दन तस्करी दलहरुको कमाइको स्रोत हो । जनतामाथि कुनै सद्भाव नभएका यी दलभन्दा सहकारी ठगेको आरोप खेपेर जेल बसेका रास्वपाको पक्षमा उपचुनाव केन्द्रित हुने देखिन्छ ।
एमाले महासचिव शंकर पोखरेलको कारण उपाध्यक्ष विष्णु पौडेल पार्टीमा कमजोर भएका छन् । अबको चुनावमा दाङ रूपन्देहीजस्ता जिल्लाबाट नेकपा एमाले खाली हुने आंकलन गरिँदैछ । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा बजेट खन्याएपनि जनताले देशभर गरेको पक्षपातपूर्ण व्यवहारले उपचुनावमा कांग्रेस,एमाले, माओवादीको उम्मेदवारलाई पत्याउने अवस्था देखिदैन । त्यसैकारण देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाललाई उम्मेदवारी बनाइँदैछ ।
