काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
सोमबार नगरसभाको १७औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । विगतका वर्षदेखि सञ्चालनमा रहेका लाभदायक कार्यक्रमको निरन्तरतासँगै स्थानीय स्रोतसाधनको उपयोग गर्दै पालिकाको गौरव बढाउने किसिमका आयोजनालाई प्राथमिकता दिने र टुक्रे आयोजनालाई निरुत्साहित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुखले जनाएको छ । नगरसभाको अर्को बैठक यही जेठ २९ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।