काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन्
उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैँया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैँया अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् । साथै उपप्रमुख सुनिता डंगोलले समयमै बजेट ल्याउन नसकेको भन्दै उनले काठमाडौंबासीसँग माफी मागेकी हुन् ।
