एक बर्षमा आर्थिक सूचक सकारात्मक दिशामा अघि बढेको प्रधानमन्त्री ओलीको दाबी

राजनीति समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा आफु नेतृत्वको सरकारले देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ बढेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको र टाइमलाइन तोकेर काम गर्ने प्रचलनको सुरुवात भएको दाबी गरेका छन् ।

उनले,‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ। नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’ भनि उल्लेख गरेका छन् ।

गत वर्ष असार ३० गते नेपाली कांग्रेससहित दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *