कोशी प्रदेशमा तीनवटा विधेयक प्रमाणीकरण

विविध समाचार

काठमाडौं । कोशी प्रदेशले तीन वटा विधेयक प्रमाणीकरण गरेको छ ।

प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस आएको विधेयकहरू कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् ।

जसअनुसार कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२, आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०८२ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *