राष्ट्रिय परिचयपत्र सेवा सम्बन्धि नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकाले आंशिक रूपमा अवरुद्ध

विविध समाचार

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने तोकिएका सेवाहरू आंशिकरूपमा अवरुद्ध भएको विभागले जनाएको हो ।

यस्तै, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बररजैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू आइतबारदेखि नै रोकिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *