सचिव बन्नको लागि चाकडी गर्दै सहसचिवहरु

राजनीति समाचार

काठमाडौं । कर्मचातारीतन्त्र जिम्मेवार नबन्दा जताततै भ्रष्टाचार, विकृति र विसंगति बढ्दै गएको छ । भ्रष्टाचार र विकृति र विसंगतिले बढ्दै जानुमा कर्मचारीहरुको ठूलो हात हुन्छ । कर्मचारीद क्षेत्रलाई बद्नाम हुनबाट जोगाउन मुख्यसचिवको भूमिका रहन्छ । मुख्यसचिवको भूमिका अनुसार कर्मचारीहरु चल्नुपर्ने हुन्छ । तर, मुख्यसचिव नै भूमिका बिहीन हुँदा कर्मचारीहरुले आफूखुसी गर्न थालेका छन् । अधिकांश कर्मचारीहरु सरकारी खर्चमा विदेश भ्रमण गर्न मरिहत्ते गर्ने गर्दछन् । विदेश भ्रमण गर्दा भत्ता पनि पाइने घुम्न पाइने भएकाले सचिव, सहसचिव, उपसचिवलगायत शाखा अधिकृतहरु न्वारनेदेखिको बल निकाले लागिपर्ने गर्दछन् ।

कर्मचारी मात्रै नभएर उनीहरुका नातागोत र आफन्तलाई सरकारी कोटामा विदेश घुमाउने गर्दछन् । विदेश घुम्नकै लागि कर्मचारीहरुले मुख्यसचिव र मन्त्रीहरुको चाकडी गर्न घरदैलो धाउने गर्दछन् । सरकारले विदेश भ्रमणको खर्च कटौती गरे तापनि यो या त्यो बहानामा सचिव र सहसचिवहरु विदेश भ्रमण गरिराखेका छन् । मन्त्रीदेखि सचिव र सहसचिवहरु विदेश भ्रमण गर्दा राज्यको ढुकुटी दिनप्रतिदिन रित्तिँदै गएको छ । सबैभन्दा बढी विदेश भ्रमण गर्ने मन्त्रालयहरुमा परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालय, स्वस्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थमन्त्रालय पर्दछन् । यी मन्त्रालयका उच्च तहका कर्मचारीहरु बढी मात्रामा विदेश भ्रमण गरिराखेका हुन्छन् ।

विदेश भ्रमण गरेर अनावश्यक रुपमा राज्यको ढुकुटी रित्याउने कर्मचारीहरु मुख्यसचिव एकनारायण अर्यालले नियन्त्राण गर्न सकेका छैनन् । उल्टै मुख्यसचिव अर्याल नै पटक–पटक विदेश भ्रमण गरेर राज्यको ढुकुटी रित्याइरहेका छन् । एकातिर मुख्यसचिव आफ्नै ढंगले चलिरहेका छन् भने अर्कोतिर विभिन्न दलनिकट कर्मचारी नेताहरुको जोडबलले विदेश भ्रमण गराइरहेका छन् । तर, सरकारले यस्ता कर्मचारीहरुले विदेश भ्रमण गरेर फजुल खर्च गरिरहँदा फितलो नीति नियमले गर्दा झन् विदेश भ्रमण गर्नेको लर्को बढिरहेको छ । कर्मचारीतन्त्र भित्र जुनियर व्यक्ति मुख्यसचिव बनेपछि सिनियर सचिवहरु अलपत्र परिरहेको र जुनिनियर कर्मचारीहरु सचिव र भावी मुख्य सचिव बन्नको लागि शक्तिकेन्द्र धाउन थालेका छन् ।

तर, सरकार फेरबदल नभएको खण्डमा कांग्रेस र एमाले निकट कर्मचारीहरु सचिव बन्नको लागि दौडधूप सुरु गरिसकेका छन् । आगामी २०८१/०८२ असारसम्ममा १२ जनाभन्दा बढी सचिव पद रिक्त हुँदै छ । रिक्त पदमा सचिव बन्नको लागि धेरैजसो सहसचिवहरु लागि परेका छन् । सिनियर सहसचिवभन्दा जुनियर सहसचिवहरु सचिव बन्नको लागि मुख्य सचिव अर्यालको चाकडी गर्नमा व्यस्त छन् । मुख्यसचिव अर्यालले पनि आफूलाई आर्थिक सहयोग गर्ने सहसचिवहरुलाई सचिवको लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने काम मुख्यसचिवले गर्ने गर्दछन् । त्यसकारणले पनि भावी सचिव बन्नेहरुको लागि मुख्यसचिवले अहिलेदेखिनै बार्गेनिङ गर्न थालेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *