नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षे प्रावधान हटाउने प्रस्तावमाथि रावलको कटाक्ष व्यङ्ग्य

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेद हदको विषयमा दिएको अस्वभाविक तर्कबारे नेता भीम रावलले व्यङ्ग्य गरेका छन् ।

भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन भन्दै व्यंग्य गरेका छन् । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले ७० वर्षे प्रावधान हटाउने प्रस्ताव पेश गर्दै यो राख्ने हो भने आफु १४ बर्ष जेल बसेको समय घटाउनु पर्ने भन्दै ठट्टा गरेको विषयमा रावलले टिप्पणी गरेका हुन् ।

रावलले ओलीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन कार्यदल गठन गर्ने कि ? भन्दै व्यङ्ग्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *