काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टीको सदस्यताबाट बन्चित गराउन नमिल्ने बताएकी छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टीको बिचार र सिद्धान्तप्रति प्रतिबद्ध हुदा हुदै आफुलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन कदापि नमिल्ने बताएकी हुन् ।उनले संबिधानले दिएको अधिकार विपरित पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोप्रति आफुलाई दुख लागेको भन्दै भण्डारीले सबै एमालेका कार्यकर्तालाई नडराएर सत्यको पक्षमा लाग्न आव्हान समेत गरेकी छन् ।
उनले आफु पार्टीको सदस्य भएकैले पार्टीबाट राष्ट्रपतिसम्म भएको बताउदै भण्डारीले आफ्नो उद्धेश्य पार्टीमा सदस्य भन्ने, पार्टीलाई एकताबद्ध बनाउने र मुलुकलाई समृद्ध बनाउने भएको बताइन । भण्डारीले पार्टीबाट नै राजनीति गर्ने निश्चय गरेपछि पार्टीको सदस्यता विधिपुर्वक नै नवीकरण गरेको बताउँदै सदस्यता नवीकरण गर्नुको उद्धेश्य पनि पार्टीको राजनीतिमा सक्रिय हुने भएको स्पष्ट गरेकी छन् ।
साथै उनले नेकपा एमालेको केन्द्रीय कमिटीले गरेको निर्णय बारे पार्टीका नेता र सञ्चारमाध्यमबाट थाहा पाएको बताउदै यसअघि पनि पार्टी सदस्यता र पार्टीमा आफ्नो भूमिकाका विषयमा पार्टीका नेताहरुसँग पटक पटक कुरा हुँदै आएको बताइन ।
साउन ४ गते पार्टी कार्यालय च्यासलमा आफुले विधिवत ढंगले सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रिय हुने बारे जानकारी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेको बताउँदै उनले आफ्नो सदस्यता नवीकरण भइसकेकाले यस विषयमा छलफल गर्नुपर्ने विषय नै नभएको धारणा राखेकी थिइन् ।

