काठमाडौं । नेपाल टेलिकमभित्र विगत लामो समयदेखि भ्रष्टाचार र विकृतिका चाङ्गहरुको समाचार सञ्चार माध्यमले प्रकाशित गर्दै आएका थिए । खासगरी टेलिकम भित्रको विकृति र भ्रष्टाचारकोविरुद्धमा तामाकोशी सन्देशले लामो समयदेखि समाचार संप्रेषण गर्दै आएको थियो । तत्कालीन प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले फाइबर बिछ्याउने नाममा ८ अर्बको लागत बढाएर१८ अर्ब बनाई भ्रष्टाचार गरेको समाचार पनि तामाकोशी सन्देशले प्रकाशित गरेको थियो ।
त्यसैगरी तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडलले बिलिङ मेसिन खरिद र मर्मतमा ठूलो मात्रामा भ्रष्टाचार गरेको समाचार प्रकाशित गरेकै थियो । त्योसँगै अर्का प्रवन्ध निर्देशक संगिता पहाडीले गरेको विकृति र विसंगतिसँगै बिलिङ मेसिन मर्मत र खरिदमा लागत बढाएर भ्रष्टाचार समाचार पनि संप्रेषण नगरेको होइन । त्यही समाचारकै आधारमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि मद्दा चलाएको स्रोतले उल्लेख गरेको छ ।
नेपाल दूरसञ्चार कम्पनीका तत्कालीन प्रवन्ध निर्देशक पौडेलसहित संगीता पहाडीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो मुद्दामा उनीहरुलाई २ लाख धरौटीमा छाड्ने सम्भावना पनि त्यत्तिकै छ । अर्बौंको भ्रष्टाचार गर्ने व्यक्तिलाई दुई लाख धरौटीमा छाड्ने प्रपञ्च रचिएको बताइन्छ । टेलिकमको बिलिङ्ग सिस्टम अपगे्रड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा २०७८ पुस ६ गते दूरसञ्चार कम्पनी र एसियाली लिंकेज टेक्नोलोजी चाइना एलएनसी ठेक्का नम्बर एनडीसीएल ३०/०६६/६७ बीच सम्झौता भएको थियो ।
त्यसमा खण्ड नम्बर १.८.५ बमोजिम कन्भर्जेन्ट रियल टाइम बाइलिंग कस्टमेट समर्थन डब्ल्यूसीसी जारी भएपछि सो सेवा ६ वर्ष सम्मलाई लिन सकिने र वार्षिक कन्ट्र्याक मर्मत सम्झौता गरी लिने÷दिने कार्य गर्दा ५ प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको देखिन्छ । सो सम्झौताका शर्तहरु पहिलादेखि नै सम्झौता जारी पक्षसँग भएको देखिन्छ ।
उक्त सम्झौता हुँदाहुँदै माथि उल्लेखि प्रवन्ध निर्देशकहरुले वर्षैपिच्छे ५ प्रतिशत कममा भुक्तानी गर्नुपर्नेमा त्यो नगरी आपूर्तिकर्ता एसियाली लिंकेज चाइना कम्पनीसँग अस्वभाविक मूल्य कामय गरी दुई करोड पाँच लाख त्रिसठी हजार अमेरिकी डलर बराबरको रकम भ्रष्टाचार गरेको देखिन्छ ।
उक्त ठेक्का सम्झौतामा भ्रष्टाचार गर्नेहरु तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल, प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी, प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य (प्रतिभा) श्रेष्ठ, वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत झबिन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, निर्देशक अमुल प्रधान, देवेन्द्र खतिवडा, उपप्रवन्धक राजीव कुमार केसी, उपप्रवन्ध सन्तोष कुमार श्रेष्ठ, उपप्रवन्धक नवल चौधरी, प्रवन्धक मुक्तिप्रसाद अर्याल, उपप्रवन्धक हेम प्रभा कर्ण भन्ने राम प्रताप कर्ण, प्रवन्धक प्रमात्मा भट्टराई,Asialnfo yunghang सफ्टवेयर बेइजिङ कम्पनी,
सीमित पूर्व asialnfo टेक्नोलोजीहरू चीन एलएनसी asialnfo, Asialnfo yunghang softwere Beijingप्रोजेक्टका डइरेक्टर शैलस श्रेष्ठ र Asialnfo yunghang softwere बेइजिङ कम्पनी लिमिटेड रहेका छन् । यसले गर्दा टेलिकमलाई हानी नोक्सानी भएको रकमसहित अर्को अंकमा क्रमशः

