नाउपाका मन्त्री चौधरीको राजीनामा अझैं भएन स्वीकृत,सांसदहरू २२ असार यता प्रतिपक्षी बेन्चमा

राजनीति समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजीनामा स्वीकृत हुन सकेको छैन ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजीनामा दिएका थिए । यसबीचमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले दिएको राजीनामा स्वीकृत भएपनि चौधरीको राजीनामा स्वीकृत नभएको हो ।संसद्मा भने नाउपाका सांसदहरू २२ असार यता प्रतिपक्षी बेन्चमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *