नेपालका बामपन्थी नेताहरु भ्रष्टाचार र दुराचारमा लिप्त

राजनीति समाचार

“कम्युनिस्टहरुले आफ्नो लक्ष्य र आदर्श कहिल्यै लुकाउँदैनन्, यथार्थता र वास्तविकता जे हो, त्यो कुरा जनतासामु खुलस्त राख्नुपर्छ ।” तर, नेपालका बामपन्थीहरुले त्यो गर्न सकेनन् । माओवादीहरु त, भित्रभित्रै के–कसो गर्छन् भन्ने कुरा आम सर्वसाधारणले थाहा पाउनु त परको कुरा भयो नै, सोही पार्टीका दोस्रो–तेस्रो पङ्क्तिका नेता र कार्यकर्ताहरुले पत्ता नपाउने स्थिति माओवादी भित्र रहेको छ । माओवादी र एमाले मिल्लान् की भन्ने हल्ला चलाउने गरिन्छ ।

तर कतिपयले प्रचण्ड र केपी ओली रहुन्जेल बामपन्थी एकता नहुने हल्ला चल्ने गरेको छ । माओवादी र कांग्रेस मिलेर एमाले सिध्याउने हल्लापनि तल्कालीन अवस्थामा नचलेको होइन । तर कहिले माओवादी र दरबारीयाहरु मिलेर कांग्रेस–एमाले सिध्याउने हल्ला पनि चल्थ्यो । तर ती हल्लाहरु त्यत्तिकै सिमित भए । न, त कांग्रेस र माओवादी मिलेर एमाले सिध्याए । न,त दरबार र माओवादी मिलेर एमालेलाई सिध्याए । यस्ता हल्लाको पछि राजनितिक दलका कार्यकर्ता लागेनन् ।

जुन हल्ला थियो त्यो मिथ्या थियो । तत्कालीन माओवादीले भारतसँग मिलेर नेपालका राजसंस्थासहित सबै पार्टीहरुलाई समाप्त पार्न खोजिएको भन्ने हल्ला पनि नचलेको होइन । माओवादी पार्टी राजदरबारबाट परिचालित भएको आरोप पनि नलागेको होइन । नेपालको विरुद्व भारत परिचालित भएको हल्ला पनि नचलेका होइनन् । तर, ती सबै चर्चा हल्लामा मात्रै साबित हुन पुग्यो ।

माओवादीले जति भाषण गथ्र्यो त्यो कागजमै सिमित हुन्थ्यो । पछि बामपन्थी एकता भएर नेकपा बनेको थियो । नेकपाको पार्टी तीन वर्ष भन्दा बढी टिकेन सो पार्टी फुटेर टुक्रा–टुक्रामा विभाजन हुन पुग्यो । नेकपा फुटेपछि माओवादी, एमाले, एकीकृत समाजवादी बन्न पुगेको थियो । माओवादी, एकीकृत समाजवादी, मधेसवादी दल मिलेर समाजवादी मोर्चा गठन गरेका थिए । सो समाजवादी मोर्चा घर नघाटको भएको छ । अर्कोतर्फ नेकपा एमाले भित्र पूर्वराष्ट्रपति विद्या देवी भण्डारी पुनःएमालेको राजनितिकमा आएपछि एमालेभित्र गुट÷उपगुट खडा भएको देखिन्छ ।

त्यसले गर्दा नेपालका कम्युनिष्ट पार्टीहरु राज्य सत्ता चलाउने भन्दापनि हो–हल्ला गरेर समय बिताउने गरेको देखिन्छ । केपी ओली र ‘प्रचण्ड’को वरिपरि घुम्ने प्रबित्तिले विप्लव माओबादीहरुले क्रान्तिको नाउमा चन्दा उठाएर खाने गर्दछन् । जनयुद्वकालका शीर्ष नेता बाबुराम भट्टराईले त कम्युनिस्ट राजनीति नै छाडिसकेका छन् । पूर्वब्युरोक्रेट्स र टेक्नोक्रेट्सहरु समेटेर बाबुरामले बनाएको नयाँ शक्ति पार्टीले गति लिन सकेको छैन ।

माओवादीबाट नयाँ शक्तिमा गएका नेताहरुमध्ये बाबुराम र उनकी पत्नी हिसिला यमीबाहेक प्रायः सबै ‘प्रचण्ड’ दाहाल तिर फर्किएका छन् । बाबुराम वैकल्पिक शक्तिको वकालत गर्दै नयाँ शक्तिकै पुनरुत्थानको प्रयासमा सक्रिय रहेका छन् । मणि थापा, मातृका यादव, गोपाल किराती आदि–इत्यादिले माओवादी छाडिसकेका छन् । कम्युनिष्ट नेताहरु प्रचण्ड र ओलीतिरै फर्केका छन् । तीमध्येका किरातीको अवस्था केही फरक देखिन्छ । पटक–पटक मन्त्री भइसकेका लोकेन्द्र विष्ट मगर त राजनितिबाटै अलग भइसकेका छन् । माओवादीको संस्थापन पक्ष अर्थात् प्रचण्ड नेतृत्वको समूह शान्ति सम्झौतायता कुनै न कुनै स्वरुपमा सत्तामै रहँदै आएको छ ।

छोटो अवधिको लागि नै भएतापनि प्रचण्ड पटक–पटक प्रधानमन्त्री भइसकेका छन् । विभाजनअघि बाबुराम पनि माओवादीबाटै प्रधानमन्त्री भएका थिए । माओवादी जनमुक्ति सेनाका कमान्डर नन्दबहादुर पुन ‘पासाङ’ त दुई कार्यकाल उपराष्ट्रपति भएर रिटायर्ड भइसकेका छन् । वैद्यतिर नलागेका माओवादीका केहीे नेताहरु आलोपाले गर्दै कुनै न कुनै राजकीय शक्तिको ओहोदामा पुग्न भ्याइसके । कयौँले त दोहो¥याएर–तेहे¥याएर सत्ताको स्वाद चाखिसकेका छन् ।

सत्ताभोगको अवसर पाएका माओवादीका नेताहरुमध्ये कतिपय चाहिँ भ्रष्टाचार र दुराचारका काण्डहरुमा मुछिएका छन् । माओवादीबाट पटक–पटक मन्त्री र उपप्रधानमन्त्री समेत भएर अहिले एमालेमा रहेका छन् टोपबहादुर रायमाझी । उपप्रधानमन्त्री सहित भइसकेका कृष्णबहादुर महरा रोशनी काण्डमा मुछिए, पक्राउ परेपछि छानबिनमा तानिए ।

पूर्वउपराष्ट्रपति पासाङ, महरा, रायमाझी र नेता रामबहादुर थापा ‘बादल’ एमालेमा आएपछि थापाका छोराहरुसमेत कयौं काण्डमा मुछिएका छन् । तीमध्ये कोही पक्राउ परे, कोही फरार छन् र कोही छानविनको घेरामा रहिरहेका छन् । त्यसले गर्र्दा माओवादी आन्दोलन राष्ट्र र जनताको हितमा भन्दापनि सत्ता र कुर्सीको लागि मात्र लागि परेको छ । माओबादीको पछिपछि एमालेपनि लाग्ने स्थिति देखा परेको छ ।

२०१७ सालपछि नेपाली कांग्रेसले थालेको सशस्त्र आन्दोलनबीच मै तुहियो । ०२८ सालमा झापालीहरुले शुरु गरेको सशस्त्र प्रतिरोधले टाउको उठाउनै सकेन । २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्व दश वर्षसम्म चलेतापनि त्यसले गरेको त्याग र बलिदानको कुनै अर्थ रहेन । २००७ सालको सशस्त्र क्रान्तिले पनि सफलता हासिल गरेतापनि त्यो समय र सन्दर्भ मेल खानसकेन । नेपाललाई सिक्किमीकरण वा भूटानीकरण गर्न चाहने भारतीय मशीयाहरु २००७ सालको आन्दोलन पनि सम्झौतामा नै टुङ्गिएको थियो । सबै घटनाक्रम, परिवेश र सन्दर्भहरुमाथि विचार गर्दा नेपाललाई अग्रगामी राजनीतिक दिशातर्फ उन्मुख गराउने वैचारिक, सांस्कृतिक र आर्थिक रुपान्तरणको बाटो रोज्नु पर्ने अबको विकल्प रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *