पाकिस्तानमा इमरान खानको पार्टीका एक सय आठ जना नेतालाई जेल सजाय

विविध समाचार

काठमाडौं । पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीएस) ले देशको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यहरूलाई जेल सजाय सुनाएको छ ।

सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप छ । मे २०२३ मा, सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो ।

यस निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक(ए(इन्साफ ९पीटीआई० को लागि ठूलो धक्का मानिएको छ । सजाय सुनाइएकाहरूमा पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षी दलका नेता ओमर अयुब खान पनि समावेश छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

विपक्षी नेताहरूले अदालतको निर्णयको निन्दा गरेका छन् । यस निर्णयपछि पीटीआईका छ जना सांसदहरूलाई पनि अयोग्य घोषित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *