काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा जित हासिल गरेर बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्दै पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल
भएकोमा प्रधानमन्त्री ओलीले उनलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।
रवीन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका हुन् । उनले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका थिए । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका छन् ।

