काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता बढेको बताएका छन्।
शनिबार पार्टी कार्यालय च्यासल अन्तरक्रियापछि शनिबार नै प्रधानमन्त्रीसमेत रहेका ओलीले जनसंगठनलाई पार्टीका नीति र निर्णयअनुरुप परिचालन हुन निर्देशन दिँदै यस्तो बताएका हुन्।
जनसंगठन समन्वय संयन्त्रले शनिबार बालुवाटारमा गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रुपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्ने भएकोले नीति र निर्णयविपरीत जाने नेतालाई पाठ सिकाउने चेतावनीसमेत दिएका छन्।
पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लाग्ने नेतालाई एमालेले धमाधम कारबाही र जिम्मेवारीविहीन बनाउन थालेको छ।
अहिले जनसंगठनबाट कारबाही अभियान चलाइएको छ। युवा संघ हुँदै अब खेलकुद महासंघले पनि ओलीविरूद्ध बोल्नेलाई कारबाही चलाएको छ। बालुवाटार बैठकले नेतृत्वविरूद्ध बोल्ने एमालेकै नेताहरूलाई पनि कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको बालुवाटार पुगेका एक नेताले बताए।

