छल्दी फाँटका कृषकहरू बाध्य भएर सुक्खा खेतमै धान रोपाईं

विविध समाचार

काठमाडौं । गुल्मी जिल्लाको इस्मा गाउँपालिका स्थित छल्दी फाँटका कृषकहरूले सुक्खा खेतमै धान रोपेका छन् ।

पर्याप्त वर्षा नभएपछि कृषकहरुले मध्ये साउनमा कोदो रोपेझै हिलोबिनै धान रोपेका हुन् । सामान्यतया पानी पर्याप्त भएपछि धानलाई हिलोमा रोप्ने गरिन्छ । तर, यस वर्ष वर्षा हुन सकेन । बीउ सुक्न लाग्दा पनि वर्षा नभएपछि किसानले सुक्खामै रोपाइँ गरे ।

यसपालि पानी नपरेकोले बीउ सुक्न थालेपछि बाध्य भएर धानलाई कोदो रोपेझैं रोप्नु परेको किसानले गुनासो गरेका छन् ।यसरी रोपेको धान उत्पादनमा शतप्रतिशत गिरावट आउने प्रति कृषकहरु चिन्ति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *