बजेट पारित गर्न समस्या भएका स्थानीय तहमा मन्त्रालयका सहसचिव नेतृत्वको तीनवटा टोली परिचालन

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो । टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् ।मन्त्रालयका अनुसार १० असार भित्र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३० भन्दा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *