बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन विश्वप्रकाशको रास्वपाका सांसदलाई  प्रश्न

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले आफु सगरमाथा बेस क्याम्पमा जादा २१ दिनको संसद बैठकको भत्ता नलिएको उल्लेख गर्दै अहिले रास्वपाका सांसदले बैठक बहिष्कार गरेको भत्ता लिएका छन् की छैनन् भन्दै प्रश्न गरेका छन् ।

उनले,‘म २१ दिनको समय अवधि हिमाल आरोहणमा गएको बेला पत्र लेखेर यो अवधिमा संसदमा उपस्थित हुन सक्दिन भनेर जानकारी दिए बमोजिम, सोहि अनुसार म काममा नलागेको बेलाको रकम मेरो खातामा पठाएको छैन । तर आज नैतिकताको प्रश्न गर्दैगर्दा दैनिक रुपमा संसदमा उपस्थित हुने, नियमित रुपमा बैंक खातामा जाने काम भएको छ की छैन । साथीहरुले जनताले तिरेको करको पैसाको गरिमा राख्नु भएको छ की छैन ।’उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *