काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ ।
नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भएपनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी छिन् ।
राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको आयोगको ठहर रहेको छ ।
पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो ।

