नवनियुक्त बन तथा वातावरण मन्त्रीको पहिलो साता

राजनीति लेख

नेपालको संघीय संरचना अनुसार तिन तहका राज्यहरु रहेका छन् । ७ सय ६१ वटा सरकार मुलुकभर क्रियाशिल रहेका छन् । एक संघीय वा नेपाल सरकार हो भने ७ वटा प्रदेश सरकार रहेका छन् । त्यसै गरी ७ सय ५३ वटा स्थानीय सरकारहरु क्रियाशिल रहेका छन् । नेपालमा रहेका ७ वटा प्रदेश सरकारहरु मध्ये वाग्मती प्रदेश सरकार गत साता नयाँ गठन हुन पुग्यो । नेपाली कांग्रेसकै नेतृत्वमा रहेको प्रदेश सरकारका तत्कालिन मुख्य मन्त्रीले राजीनामा दिए पछि नयाँ सरकार बनेको छ । नेपाली कांग्रेसका इन्द्र बाँनिया प्रदेश सरकारका मूख्य मन्त्री हुनु भएको छ । दोलखामा सांसद भरत वहादुर केसी वन तथा वातावरण मन्त्री हुनु भयो ।

दोलखाले पायो वन मन्त्रालय
नेपाली कांगे्रसबाट उम्मेदवार भैं हेटौडाबाटै निर्वाचित सांसद ईन्द्र बाँनियाको नेतृत्वमा ९ सदस्यीय वाग्मती प्रदेश मन्त्री परिषद गठन हुँदा दोलखाबाट निर्वाचित सांसद भरत बहादुर केसी वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको जिम्मेवारी पाउनु भयो । यस वन तथा वातावरण मन्त्रालयको नेतृत्व यस अघि अरुण नेपाल, शरेश नेपाल, राजु विष्ट, मसिना खड्का, विशाल खड्का, प्रकाश पोखरेल, कृष्ण सिलवालले नेतृत्व गरिसक्नु भएको छ ।

२०८२ श्रावण २० गते अपरान्ह ४ बजे तिर सपथ ग्रहण हुने कार्यतालिका रहेको थियो । माननिय सांसद सहित हामी केही अघिल्लो दिन अर्थात श्रावण १९ गते नैं हेटौडा पुगेका थियौं । २० गते विहानैं देखि नैं चरिकोट र काठमाडौंबाट नेकपा एमालेका नेता कार्यकर्ता, शुभचिन्तक हेटौडा पुग्ने क्रम चलिरहेको थियो । नेकपा एमाले दोलखाका नेता धेरै पछि मन्त्री हुने सूचनाले धेरैलाई हौसला वढाएको थियो । त्यसैले दोलखाका नेता कार्यकर्ताहरुको वाक्लो उपस्थीति रहेको थियो ।

प्रदेश प्रमुखको कार्यालयमा निर्धारित समयकै आसपासमा सपथ ग्रहण भयो । भिड वाक्लो भएकोले सहजै देख्न हेर्न पाइएन । हामी दोलखालीहरु वन तथा वातावरण मन्त्रालयको प्राङ्गणमा जम्मा भएका थियौं । नवनियुक्त वन तथा वातावरण मन्त्री भरत वहादुर केसीलाई मन्त्रालयको सचिव डा. केदार वराल सहितको टिमले औपचारिका रुपमा खादा माला सहित स्वागत गर्नु भयो । त्यस पछि दोलखाका नेता कार्यकर्ताहरुले माला खादा सहित वधाई शुभकामना व्यक्त गरियो । फोटो खिचियो । त्यस पछि पदवहालीको काम भयो ।

वन तथा वातावरण मन्त्रालयको मन्त्री कक्षमा पुगि सचिवले औपचारिक रुपमा स्वागत गर्नु भयो । नवनियुक्त वन तथा वातावरण मन्त्रीले पहिलो निर्णय सदररुपी हस्ताक्षर गर्नु भयो । पहिलो निर्णय वागमती प्रदेशको सामुदायिक वनसँग सम्वन्धीत दूरगामी प्रभाव पार्ने रहेको छ ।

पहिलो निर्णय
२०७४ सालमा भीमेश्वरको नगर प्रमुख भैं सफलतापूर्वक कार्यसम्पन्न गरिसक्नु भएको नवनियुक्त वन तथा वातावरण मन्त्री पहिलो पटक बन्नु भएको छ । उहाँको पहिलो निर्णय ‘वनको दिगो व्यवस्थापनबाट समृद्धि हासिल गर्नकालागि वागमती प्रदेश भित्र रहेका सामुदायिक वनहरुको वन कार्ययोजना एक बर्ष भित्र शतप्रतिशत नविकरण गरी सामुदायिक वनलाई जलवायु उत्थानशिल र रोजगारयुक्त संरचनाको रुपमा स्थापित गर्ने’ भन्ने रहेको छ । त्यस पछि मन्त्रालयको सभाकक्षमा सामान्य परिचय र वधाई शुभकामनाको कार्यक्रम आयोजना भयो । सचिव डा केदार बरालले मन्त्रालयको संक्षिप्त जानकारीमूलक सामाग्री प्रस्तुत गर्नु भयो ।

दोस्रो दिन नेकपा एमालेबाट नियुक्त मन्त्रीहरुले सामुहिक रुपमा हेटौडा बजार नजिकै रहेको शहिद स्मारकमा सहिदहरुको सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो । सो स्थानमा पत्रकार ऋषी धमला पनि पुग्नु भएछ । उहाँले सवै मन्त्रीहरुसँग संक्षिप्त कुराकानी गर्नुु भयो । वन तथा वातावरण मन्त्रीले पनि वनका सवाल र आफ्नो प्राथमिकता प्रष्टसँग राख्नु भयो । दिउँसो वन तथा वातावरण मन्त्रालयमा नैं व्रिफिङ्गरुपी अन्तरक्रिया भयो । यसबाट वन तथा वातावरण मन्त्रालयको अवस्था र गतिविधिबारे अपडेट हुने मौका मिल्यो ।

तेस्रो दिन हेटौडामा निवर्तमान वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको विदाई कार्यक्रम आयोजना गरियो । त्यसै गरी अन्य भेटघाट तथा वधाइ शुभकामना आदान प्रदान भैरहे । मन्त्री ज्यूको टोली काठमाडौं फर्कियो ।

चौथो दिन, वन तथा वातावरण मन्त्रीज्युको टेलिभिजनमा अन्तरवार्ता, भेटघाट केन्द्रीत कार्यहरु भए । अपरान्ह तिर नेकपा एमाले भीमेश्वर नगर काठमाडौं सम्पर्क मञ्चले वधाई शुभकामना आदान आयोजना गरेको थियो । सो कार्यक्रम नेकपा एमालेका पोलिट्व्युरो सदस्य पार्वत गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो ।

पाँचौ दिन, गृह जिल्लामा जाने कार्यक्रम तय भएको थियो । भीमेश्वर नगरपालिका वडा नं ९ को प्रवेश गेटमा नैं नेकपा एमाले भीमेश्वर नगर ९ नंं वडा कमिटीले स्वागत कार्यक्रम राखेको थियो । यस वडाका विभिन्न ठाउँमा नागरिकहरु लामवद्ध भएर पुष्प गुच्छा सहित स्वागत गरेका थिए । यस वडामा ४ ठाउँमा यस खालका काम भएका थिए । त्यस पछि वडा नंं ८ वोचमा जाइका भवनमा औपचारिक कार्यक्रम राखिएको थियो । सो कार्यक्रम पार्टीको वडा कमिटीले आयोजना गरेको थियो ।

वडा नं. ७ को साखिनेमा नागरिकहरुद्वारा स्वागत गरे । त्यस पछि पार्टी कमिटीले मकैवारीमा स्वागत र वधाई ज्ञापन गरेको थियो । वडा नं. ६ मा पार्टी कमिटीले पार्टीको वडा कार्यालयमा एक औपचारिक संक्षिप्त वधाइ तथा शुभकामना कार्यक्रम राखेको थियो । साँझमा चरिकोटको शुभेच्छा होटलमा स्वागत, वधाई तथा शुभकामना र अनौपचारिक छलफल भयो ।

छैटौं दिन, नेकपा एमाले भीमेश्वर नगर कमिटी र जिल्ला कमिटीले कार्यालयमा स्वागत गर्दै माला खादा र पुष्पगुच्छाद्वारा स्वागत गरेको थियो । त्यस पछि भीमेश्वर मन्दीर दर्शन गरेर नजिकै रहेको चम्पुजा पार्कमा सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण गरियो । फेकोफन दोलखा, २ वटा सामुदायिक वन र डिभिजन वन कार्यालयले वधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । त्यस पछि नेपाल निजामती कर्मचारी संगठन दोलखाले वधाई तथा शुभकामना कार्यक्रम औपचारिक रुपमा राखेको थियो ।

दिउँसो भीमेश्वर नगरपालिका वडा नं १ को वडा कमिटीले कुथलीमा वधाई शुभकामना कार्यक्रम आयोजना ग¥यो । दिउँसै ५ नं. वडा कमिटीले किराँती छाप, वडा कार्यालय माटीमा र विसुन्टोलमा वधाइ तथा शुभकामना कार्यक्रम राखेको थियो । सो कार्यक्रमहरुमा नागरिकहरुको वाक्लो उपस्थीति थियो । नजिकै रहेको महाकांल मन्दीरको दर्शन गरि भीमेश्वर ७ अवस्थीत सेतीदेवी माविका शुभकामना आदान प्रदान कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रम विद्यालय र सामुदायिक वनले आयोजना गरेको थियो ।

सातौं दिन, विहान सातदोवाटो चरिघ्याङ्ग टोल विकास समितिले वधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । विहानैं गौरीशंकर वहुमुखी क्याम्पसले संक्षिप्त औपचारिक कार्यक्रम आयोजना ग¥यो । त्यस पछि भीमेश्वर नगरपालिकाले आफ्नो निवर्तमान प्रमुख समेत रहिसक्नु भएको नवनियुक्त मन्त्रीलाई स्वागत तथा शुभकामनाकालागि एक औपचारिक कार्यक्रम आयोजना भएको थियो । लगत्तै जिल्ला समन्वय समिति दोलखामा समन्वय वैठकमा वधाइ तथा शुभकामना कार्यक्रम गरिएको थियो । दिउँसो अनेरास्ववियु दोलखाले आफ्नो कार्यालय स्वागत तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । दिउँसो नैं नेकपा एमाले भीमेश्वर नगर ४ नं वडा कमिटीले स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम तर्जुमा गरेको थियो ।

सातौ दिन नैं चरिकोटबाट काठमाडौं पुगि पार्टी मूख्यालयमा प्रगतिशिल वन प्राविधिक संघले आयोजना गरेको वधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना भएको थियो । सो समारोहमा वन प्राविधिक भैं विभिन्न ओहोदामा पुगी अवकास प्राप्त प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थीति थियो । सो समारोहमा वन तथा वातावरण मन्त्रीका अवसर र सामाना गर्नु पर्ने चुनौतीहरुको वारेमा संक्षिप्तमा जानकारी गराउनु भएको थियो ।

नवनियुक्त वन तथा वातावरण मन्त्रीको पदवाहाली पछिको पहिलो साता शुभकामना आदान प्रदान केन्द्रीत रह्यो । आफुलाई मत दिने नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्नु जिम्मेवार नेताको प्रमुख कर्तव्य पनि हो । यस क्रममा नागरिकले देखाएको सद्भावले काम गर्न अझ जोश दिन सक्नेछ । त्यती मात्रै नभई वन क्षेत्रमा रुपान्तरणका एजेण्डाहरु निर्धारण गर्न समेत सहयोग पुग्नेछ ।
वन तथा वातावरण मन्त्रीको पहिलो साता वधाई तथा शुभकामना आदान प्रदानमा मात्र केन्द्रीत भएन । पहिलो निर्णयले वन क्षेत्रमा एक खाल्को तरङ्ग ल्याएको छ ।

धेरैले अपरिहार्य विषयको सम्वोधन भएको र यो प्राथमिकतासाथ कार्यान्वयनमा सवै जुट्ने प्रतिवद्धता समेत आएको छ । यस विचमा औपचारिक तथा अनौपचारिका भेटघाटबाट वन तथा वातावरण मन्त्रीका प्राथमिकताका विषयहरु आएका छन् । ती सवै संगालेर मन्त्रालयको संरचना, क्षमता अवस्था, आवश्यकतामा आधारित भैं विश्राम नगरी काम गर्नु पर्ने छ । नयाँ कोशेढुँङ्गा स्थापित गरी वन क्षेत्रमा स्मरण योग्य काम गर्नु प्राथमिकताको विषय हुनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *