काठमाडौँ । बोल्न पाइन्छ, समयको ख्याल गर्नुपर्छ । पहिला दरबारले प्रयोग गरेको आज भूमिगत गृहले चलाएको कांग्रेस मुलुकको लागि पिलो साबित भएको छ, राज्य पुर्नःसंरचना परिवर्तनमा ढिलो छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भनाइमा कांग्रेस सभापति भन्दा अगाडि गणतन्त्रको राग अलाप्ने सबै दरबारिया हुन् । दरबारले खेलाएका नरहरी आचार्यले उक्साएका गगन थापा र कुन्दनराज काफ्लेको व्यवहार विचित्र भएको छ । थापाको लुट जर्मनीमा केन्द्रित भएको एनआरएन जर्मनकै अध्यक्षले बताएका छन् । उनी कांग्रेसकै कार्यकर्ता हुन् ।
नरहरी आचार्य थन्किएपछि काठमाडौँ ५ मा माओवादीको मतले चुनाव जितेका प्रदिप पौडेल स्वास्थ्यमन्त्री भएका छन् । पौडलले गगन थापा भन्दा कृष्ण सिटौलाको टिममा सुरक्षित ठानेका छन् । गगनको हर्कतले पौडेललाई अबको चुनाव जित्न गाह«ो छ । उनको कपन क्षेत्रको डुबानमा खोलालाई ढलभित्रै थन्क्याउने भन्दै राज्यको करोडौं सके । जब काठमाडौँ महानगरले खोला खोल्यो, जनताले राहत पाए । तिनैलाई जनताले बोक्दैन किनकि गगन विदेशीको इशारामा नाचेर पार्टीको महामन्त्री भएपनि नाङ्गै हुँदैछन् ।
महामन्त्री जित्न डा. शेखरको पछि लागेर ३५ जनाको टिम मिलाउन नसकेर संसदीय दलमा २५ मत पाए । गगनले आफू बढी बाठो हुँदा अग्रजको सम्मान गरेनन् । गगनभन्दा पनि पुराना कांग्रेसका नेता धेरै छन् । पहिला कृष्ण सिटौलाको पछि लागेर त्यही पदमा उठ्दा पाएको मत र शेखर समूहमा मिलेर पाएको मतको समीक्षा गर्ने आँट नहुनेले महामन्त्रीपछि नेतृत्वमा पुग्छ कसरी ? देउवाको चाकडी गर्दा उनले पाउने एक थान मन्त्री मात्रै हो ।

