काठमाडौं । थाइल्याण्डमा एउटा बैजनी रंगको गंगटो फेला परेको छ ।
थाइल्याण्डको क्राचन राष्ट्रिय निकुञ्जमा यो गंगटो फेला परेको थियो, जुन संसारमा यसको एक मात्र प्रकार हो। यो दुर्लभ प्रजातिको गंगटोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, जसले मानिसहरूलाई आश्चर्यमा पारेको थियो। पार्कका कर्मचारीले यो गंगटोको तस्बिर खिचेर फेसबुकमा शेयर गरेका छन् ।
पार्क अधिकारीहरूले यसलाई प्रकृतिको अमूल्य उपहार भएको वर्णन गर्दै बैजनी रंगको गंगटोलाई दुलर्भता भनेर वर्णन गरेका छन् ।पोष्टमा लेखिएको छ, ‘यो किङ् क्र्याव वा ‘सिरिन्धर्न क्र्याब’ दुर्लभ झरनाको क्र्याब हो, जसको सेतो र बैजनी रंगले यसलाई विशेष बनाउँछ।
काइङ क्राचन राष्ट्रिय निकुञ्जले यो खोजलाई इकोसिस्टम र जैविक विविधताका लागि महत्वपूर्ण भएको बताएको छ । यस गंगटोको उपस्थितिले स्वस्थ वन वातावरण र वन्यजन्तु संरक्षणका लागि पार्कको प्रयासलाई देखाउँछ।
‘किङ्ग क्र्याब’ हेर्नु भनेको दुर्लभ जनावरको खोज मात्र होइन, यसले विश्व सम्पदा क्षेत्र काएङ क्राचनको इकोसिस्टमको शक्ति पनि देखाउँछ। ‘किङ्ग क्र्याब’ जसलाई ‘सिरिन्होर्न क्र्याब’ पनि भनिन्छ, थाइल्याण्डकी राजकुमारी महाचक्री सिरिन्धर्नको नामबाट नामाकरण गरिएको हो।

