ट्रम्प र पुटिनबीच वार्ता हुनुअघि अलास्कामा युक्रेनको पक्षमा प्रदर्शन

विविध समाचार

काठमाडौं । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेन युद्ध बारे बार्ता हुँदैछ ।

फेब्रुअरी २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अहिलेसम्म जारी रहेको छ । यस युद्धलाई रोक्ने उद्देश्यले ट्रम्पले पुटिनसँग उच्चस्तरीय वार्ताको पहल गरेका छन् ।

यस बार्ताप्रति विश्वको नजर रहेको छ भने युद्ध रोकिनेमा आशावादी पनि रहेको छ । तर यस बार्तामा युक्रेनलाई सहभागी नगराइएको विषय उठेको छ । अमेरिकाले ट्रम्पसँग पुटिनको वार्ता सकरात्मक हुने वित्तिकै युक्रेनलाई सहभागी गराउने बताएको छ ।

यसैबीच शिखर सम्मेलन हुने स्थानमा एन्कोरेजमा युक्रेनको समर्थनमा प्रदर्शनकारीहरू बाहिर निस्किएका छन् । उनीहरुले युक्रेनी झण्डा फहराउँदै र ुअलास्का युक्रेनको साथमा छु लेखिएको ठूलो ब्यानर फहराउँदै गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *