साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशसँग खेल जित्नैपर्ने दबाबमा खेल्दै

खेलकुद समाचार

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच खेल हुने भएको छ ।

नेपालले यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो जहाँ ३–० ले पराजित भएको थियो । आजको खेलसहित बाँकी तीनवटै खेल नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । आजको खेलमा पराजित भएमा नेपाल दुई खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिनेछ ।

नेपाल आजको खेलमा पराजित भएमा बाँकी दुई खेल जितेपनि सर्वाधिक ९ अंकसम्म पुग्न सक्छ । तर त्यसपछि भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाललाई अब तीनवटै खेल जित्नुको विकल्प हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *