काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई राजनीतिमा पुनःसक्रिय गराउन आफूले ढोका खोदिदिएको बताएका छन् ।
आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको भनाइ छ ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्याजीलाई ढोका खोल्दिएको बताएका छन् ।
उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने बताउँदै । अध्यक्ष दाहालले,‘हाम्रो संविधान,ऐन, कानूनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु , कुनै पार्टी राजनीतिमा नजानु भनेको पनि छैन ।’ भनि बताएका थिए ।

