काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दिएको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ।
नेपाल मगर सङ्घले आयोजना गरेको स्व.गोरेबहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसका क्रममा उनले,‘ आफूलाई थारु नेताहरूले झ्यालखाना पठाए’ भन्ने आरोप प्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको हो ।
यस्तो कपोकल्पित अभिव्यक्कित प्रति समितिले थारु आन्दोलनको मर्म विपरीतको राजनीतिक बेइमानी भएको भन्दै घोर भर्त्सना गर्दै एक विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा चौधरीलाई गलत अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन् ।
साथै थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले ४१ बुँदे मागसहित, राज्यसँग भएका सहमति–सम्झौताको कार्यान्वयन, टीकापुर घटनासम्बन्धी न्यायिक प्रतिवेदन सार्वजनिक, राजबन्दीहरूको रिहाइ तथा शहीद–घाइते परिवारको पुनर्स्थापना जस्ता मुद्दामा सङ्घर्ष गरिरहेको स्पष्ट पार्दै चौधरीको आरोप ‘कदापि सह्य नभएको’ जनाएको छ।

