१८ औं पुस्तकालय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । आज १८औं पुस्तकालय दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । पुस्तकालय दिवसको यस वर्ष ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने नाराका साथ देशभर यो दिवस मनाइँदै छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यो वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *