काठमाडौं । सत्ता स्वार्थका कारण चिकित्सा सेवामाथि परेको प्रभाव आज झल्कँदैछ । प्रधानमन्त्रीले राजनीतिक नियुक्ति गर्ने ठाउँमा कांग्रेसी मन्त्रीलाईसमेत हायल कायल पार्दा कांग्रेसले सञ्चार मन्त्रालय अन्तर्गत प्रेस काउन्सिल, गोरखापत्र संस्थान, राससमा कब्जा गरेको कति बुझ्यो ? जबकि सञ्चार मन्त्रालय नेकपा एमालेको कित्तामा छ ।
अहिले मेडिकल काउन्सिल, मेडिकल संघका सदस्यहरूले गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा. रमेश कोइराला बीपी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा नियुक्ति हुन नपाउँदा नेपाल छाडेर अमेरिका भाँसिएको समाचारबाट आक्रोशित छन् । इन्जिनियर, डाक्टर, पत्रकार, प्रशासकलाई देशभित्र अध्ययन अनुसन्धानमा तल्लिन बनाउने सरकारको नीति नै छैन भने प्रधानमन्त्री केपी ओलीलाई सरापेर हुन्छ ? मौका पाउँदा सबैका आ–आफ्नै स्वार्थ हुन्छन् ।
स्वास्थ्य मन्त्री, एमालेको शिक्षा मन्त्री नियुक्ति सिफारिस गर्ने सरकारले हो । प्रधानमन्त्री आफै विश्वविद्यालयको कुलपति छन् । कुलपतिले जे चाहन्छन् त्यसमा डा. रमेश कोइरालाले रिस गर्नु नौलो होइन । कांग्रेसको मेडिकल एसोसिएसन आज निद्रामा छ । त्यहाँ गुट छ । डा. कोइराला शेखर गुटको परेका कारण संस्थापनले हेरेन भन्ने ठाउँ छैन । किनकि प्रधानमन्त्री र देउवाको लुट संयुक्त छ ।

