निजामती कर्मचारीको अवकाश उमेरहदको विषयमा कुरा नमिलेपछि १५ मिनेटका लागि बैठक स्थगित

राजनीति समाचार

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका छन् ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसल निजामती सेवा विधेयक एनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागु गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् ।

सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् । कुरा नमिलेपछि विधायन समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *