होला त प्रचण्ड र माधवको मिलन ?

राजनीति समाचार

काठमाडौँ । एमालेले अनुसरण गरेको जनताको बहुदलीय जनवादको ३३ वर्षसम्म उपादेयता देख्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समाजवादी अवधारणामा पार्टी अगाडि बढाउनुपर्छ भन्ने मत राख्ने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको डर छ । अध्यक्षले दस्तावेजमा जबज राख्न जोड दिँदा महाधिवेशनको म्यान्डेट ल्याएका थिए ।

रामकुमारी झाँक्रीले पतञ्जली योगपीठ काण्डपछि अध्यक्षको उछितो काडिन् । यो समयमा माधवलाई साथ दिँदै आएका उपाध्यक्ष राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, जगन्नाथ खतिवडासम्मले पार्टीको धरातल कतै बुझेका छैनन् । जिल्ला रितिएका छन् । नेता केन्द्रमा छन् । अध्यक्षले एमालेको ओलीवादबाट गरिएको विद्रोह उचित ठानेका छन् ।

माओवादीले जोगाएको पार्टीका १० सांसदका कुरा दशथरी रहेका छन् । प्रधानमन्त्री ओलीले व्यक्ति व्यक्ति छान्दैछन् । जब चुनावको घोषणा हुन्छ त्यो बेला प्रेम आले, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, अमर थापाहरू मात्र होइनन्, राजेन्द्र पाण्डे नै एमाले नहोलान् भन्न सकिँदैन । जबज दक्ष प्रजापतिको टाउको हो भन्ने झलनाथको टिम माओवादीसँग भन्दा एमालेकै पछि लाग्ने अवस्था छ । त्यो बेला एमाले अध्यक्ष ओलीले कृषिमन्त्री बनाएर पंगु बनाइदिएका थिए ।

घनश्याम भुसालको हालत के होला ? अहिले समाजवादी धारमा देशलाई लैजानुपर्छ भन्नेमा नेकपा माओवादी, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी र नेकपा चन्द रहेका छन् । नेकपा एकीकृत समाजवादी भित्र भने झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्ष नेपाल माथि संकट थप्ने भएकाले पार्टीको एकता नेपालको मूल लक्ष्य बन्न पुगेको हो ।

खनाल पक्षले माधवलाई सिध्याउन बामदेव गौतम जस्ता भँडुवा नेता प्रयोग गर्ने अवस्था छ । जहाँ बामदेवले अधिकार पाइन भन्दाभन्दै जनवर्गीय संगठनहरूको परिचालन गर्ने गरी संयोजक भएका छन् । राजधानीमा जति नेता छन्, जिल्लामा नहुँदा संगठन बन्दैन । राजेन्द्र पाण्डेहरुलाई माओवादीका नेता शालिग्राम जमरकटेलले सहयोग नगर्दा चुनाव जित्न मुस्किल छ । वामपन्थी प्रतिस्पर्धी एमाले र माओवादी नै हुन् । यी मिल्दा मोहनविक्रम, माधव, नेत्रविक्रमहरूको घमण्ड सकिन्छ भन्ने कुरा २०७४ को चुनावी परिणामले देखाएको छ । त्यसैकारण माधवले पार्टी एकतालाई जोड दिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *