काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाउन निर्देशन दिएकी छन् ।
प्रदेशको मन्त्रीको टुंगो लगाउन अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रदेश संसदीय दलले सिफारिस गरेपछि श्रेष्ठले प्रदेश सभा सदस्य चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन् । श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउन निर्देशन दिएको नाउपाले जनाएको छ ।