लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि,संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक

अर्थ/वाणिज्य लुम्बिनी प्रदेश समाचार

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ ।

प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।

पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *