काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनबारे क्षमा याचना माग्दै मन्त्री अधिकारीले जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएको भन्दै राजीनामा बुझाएका हुन् । उनले पदीय जिम्मेवारीमा टाँसिरहन अपराध बोध भएकाले देश र जनता समक्ष नैतिक रुपमा क्षमायाचना माग्दै सरकार समक्ष राजीनामा पेश गरेको जानकारी गराएका छन् ।

