काठमाडौं । सोमबार भएको भ्रष्टाचारविरोधी जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको दमनको आक्रोश मंगलबार बिहानदेखि काठमाडौंका सडकमा देखिएको छ ।
युवाहरू काठमाडौंका विभिन्न स्थानमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रशासनले स्थिति नियन्त्रण लिन काठमाडौंको विभिन्न स्थानमा कर्फ्युको घोषणा गरेको छ । सोमबार भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।





