राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गर्न देशभर माग

विविध समाचार

काठमाडौं । मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ।

जेनजीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन थालेका बेला अब सडकका भित्तामा पनि सूचना देखिन थालेको हो । सहकारी ठगीमा जेलमा रहेका रविलाई रास्वा सांसदहरू हरि ढकाल र डीपी अर्याल नख्खु पुगेर त्यहाँस्थित जेलरलाई दबाब दिँदै कानुनी रुपमा प्रश्न गर्न मिल्ने कागजातका भरमा बाहिर निकालेका थिए ।

चलानी नम्बरसमेत नभएको र गृह मन्त्रालयका सचिवले गर्न नमिल्ने निर्णय भन्दै लेखिएको उक्त पत्रलाई आड देखाउँदै बाहिर निस्केका रविलाई फेरि जेल पठाउने अभियान थालिएको छ। पछिल्लो पटक ‘हामी नेपाल’ समूहका युवाहरूले काठमाडौंका चोक–चोकमा रवि लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै फरार भएकाले पक्राउ गर्न दबाब दिएका हुन् ।

उनीहरूले रवि कारागारबाट निस्किएर फरार भएकाले उनलाई पक्राउ गरेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसिएको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ का रुपमा उक्त सूचनामा परिचित गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *