मालपोतमा न्यौपाने र खड्को गिद्देनजर

विविध समाचार

काठमाडौं । भूमि सुधार तथा अभिलेख विभागले आगामी असोज १५ गतेभित्र देशैभरिका सबै मालपोत कार्यालयका खरिदा, नासु, शाखा अधिकृत र उपसचिवहरु दुई वर्ष मालपोत कार्यालयमा बसेकाहरुलाई सरुवा गर्ने तरखर गरिराखेको छ । तर, मालदार मालपोत कार्यालयहरुमा एउटै कर्मचारी वर्षौंसम्म बसिरहेका छन् ।

त्यस्ता कर्मचारीहरुलाई भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मीले कसरी सरुवाको व्यवसथापन मिलाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । काठमाडौं उपत्यकालगायतका देश भरका मालदार मालपोत कार्यालयमा वाषैंसम्म अड्डा जमाएर बस्नेहरुको ताँती प्रशस्त रहेको छ । प्रायःजसो नासु र खरिदारहरु बस्ने गरेका छन् । मालदार अड्डामा बस्नको लागि नासु र खरिदारहरुले पनि राजनीतिक दलका नेतादेखि मन्त्री, सचिव र प्रशासन फाँटका कर्मचारीहरुलाई रिझाउँदै बस्ने गर्दछन् ।
यदि यस्ता फाँटका कर्मचारीहरुलाई रिझाउन नसकेको खण्डमा नासु र खरिदारहरु पनि दुई वर्षभन्दा बढी एउटा कार्यालयमा बस्न पाउँदैनन् । तर, काठमाडौं उपत्यकाको हकमा त्यो लागु भएको पाइँदैन । उपत्यकाभित्र मालपोत कार्यालयमा वर्षौं वर्ष एउटा कार्यालयमा बस्ने कर्मचारीहरु पनि त्यत्तिकै छ । त्यसको उदाहरण लिन सकिन्छ भक्तपुर मालपोत कार्यालयलाई । भक्तपुर मालपोतमा विगत लामो समयदेखि सागर भट्टराई र पर्वत काफ्ले लगायतका आधा दर्जनभन्दा बढी नासुहरु भक्तपुर मालपोतमा लामो समयदेखि कार्यरत छन् । हाल कार्यरत कर्मचारी मात्रै होइनन्, अवकास प्राप्त पूर्वकर्मचारीहरु पनि विचौलियाको भूमिकामा कार्यरत रहेका छन् ।

त्यस्ता अवकास प्राप्त पूर्वकर्मचारीहरुले एकातिर पेन्सन खाने अर्कोतिर मालपोत र नापी कार्यालयमा विचौलियाको काम गरेर सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न सकेको छैन । अर्कोतिर ललितपुर मालपोत कार्यालयमा कार्यरत नासु डम्बर कार्की विगत एक वर्ष अगाडिदेखि भक्तपुर मालपोतमा कार्यरत छन् । कार्कीले ललितपुर मालपोतमा बस्दा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र तलसिन र मोहीको झगडा मिलाउने, लाभ कर छली गर्ने जस्ता काम गर्दा कर्मचारीबीच झगडा भएको थियो । त्यो विवादमा फसेर एक नासुविरुद्ध अख्तियारले सर्वोच्चमा भ्रष्टाचार गरेको आरोपमा मुद्दासमेत दायर गरेको थियो ।

सो मुद्दा अहिले विचाराधिन अवस्था रहेको छ । नासु डम्बर कार्की भने अन्यत्र सरुवा भएका थिए । तर, कार्की विचौलिया प्रमोद खड्का र सामान्य प्रशासन मन्त्रालयका स्थानीय प्रशासन हेर्ने भीमकान्त पौडेललाई प्रयोग गरी भक्तपुर मालपोतमा सरुवा हुन सफल भएका थिए । भीमकान्त पौडेल ललितपुर मालपोतमा बसेर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका कर्मचारी हुन् । उनै पौडेल अहिले सामान्य प्रशासन मन्त्रालयमा बसेर कर्मचारी सरुवामा रजगज गरिरहेका छन् । पौडेल ललितपुर मालपोतमा हुँदा उनीसँग कार्कीको राम्रो सम्बन्ध रहेको थियो । अहिले पौडेल संघीय मन्त्रालयको स्थानीय प्रशासन प्रमुख छन् । पौडेल उपसचिव भएकै कारण कर्मचारी सरुवामा खेलिरहेका छन् ।

भक्तपुरका नासु डम्बर कार्की पनि तिनै पौडेल र विचौलिया प्रमोद खड्कालाई प्रयोग गर्दै कमाउधन्दा सञ्चालन गरिरहेको स्रोतले बताएको छ । नासु कार्कीले आगामी असोज १५ गतेभित्र मालपोतमा सरुवा हुन चाहने कर्मचारीहरु खोजीखोजी लिष्ट तयार पारिरहेको स्रोतले उल्लेख गरेको छ । त्यस विषयमा तामाकोशी सन्देशले कार्कीको मोबाइल नम्बरमा ९८५२०००४४४ मा सम्पर्क गरि जानकारी लिन खोज्दा कार्कीले फोन रिसिभ गरेनन् । कार्कीले संघीय मामिला र भूमि मन्त्रालयको केही कर्मचारीहरुलाई गुमराहमा पारेर आर्थिक लाभ पनि लिइरहेका छन् । त्यसैगरी भूमि तथा अभिखेल विभाग प्रशासन शाखाका टेकराज अर्यालको अन्यत्र सरुवा भइसकेको छ ।

सरुवा भए तापनि उनी खटाएको ठाउँमा जान आनकानी गरिरहेको बताइन्छ । उनको ठाउँमा भूमि मन्त्रालयका उपसचिव कृष्ण भण्डारी जान तरखर गरिरहेका छन् । यी लगायतका काठमाडौं उपत्यकाभित्रका मालपोत कार्यालयमा कर्मचारीहरु लामो समयदेखि एउटै अड्डामा डेरा जमाएर बस्नेहरुको ताँती लामै छ । तर, भूमि तथा अभिलेखा विभागले त्यतातिर ध्यान दिएको पाइँदैन । भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मीलाई पनि उनै भूमाफिया प्रमोद खड्का र पौडेलले प्रयोग नगर्लान भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *