काठमाडौं । किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ ।
सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा पाँच रुपैयाँअनुदान पाएका हुन् । आर्थिक वर्ष २०८१र८२ मा बागलुङका आठवटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले ३७ लाख ३२ हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् । अनुदानबाट झण्डै आठ सय किसान लाभान्वित भएका छन् ।
अनुदान पाउनका लागि दूधको खरिद बिक्री गरेको प्रमाण र एक दिनमा न्यूनतम दुई सय लिटर दूधको कारोबार गर्ने सहकारीमार्फत किसानले अनुदान प्राप्त गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ ।
बागलुङ बजारमा जिल्ला सहकारी सङ्घमा १५ उत्पादन सहकारीले दूधको सङ्कलन गरेर पठाउने भए पनि दैनिक दुई सय लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ मात्रै हरेकाले मापदण्ड अनुसार आठवटा सहकारीमा दूध सङ्कलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान प्राप्त गरेका हुन् ।
