देश जलिरहँदा महानिर्देशक खापुङ मुखदर्शक

प्रशासन समाचार

काठमाडौं । नेताहरुले आफ्ना मन्त्रीहरुलाई समयमा सचेत बनाउन नसकेको कारणले गर्दा देशमा भ्रष्टाचार, विकृती, विसंङ्गति फैलिँदै गएको कारण आज यो अवस्था आइपरेको छ । संविधानको रक्षा गर्नको लागि सबैलाई चिन्ता भएको छ ।

जसका घर जलेका छन् , घरमा राखेको पैसा जलेर नष्ट भएका छन् । गोपनीयता भंग भएको छ । प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, उर्जा मन्त्रीका घरमा लुकाएको पैसा डढे कति प्रदर्शनकारीले लगे त्यसको एकिन छैन । कार्यकर्ताले आफ्नो पार्टी कार्यालयको संरक्षण गर्न सकेनन् । सुरक्षा निकायले आफ्नो कार्यालय र हतियारको रक्षा गर्न सकेनन् । नसकेको कारण कांग्रेस, एमालेको भगिनी संगठन बनेको प्रहरीमा क्षमता नभएका चन्द्र कुवेर खापुङ आईजीपी बन्ना साथ मुलुकमा विध्वंस भएको छ ।

भ्रष्ट नेताको कारण जेनजी पुस्ताहरुले आन्दोलन गरेर सरकार नै फ्याकिँदिए । मन्त्री फेर्न संसदीय दलबाट दवाब दिन नसकेका युवाहरुलाई संविधानको चिन्ता छ । ती नै सेनाले निषेधाज्ञा जारी गर्दा सडकबाट संविधानको रक्षा गर्नुपर्ने आवाज उठाएर दलहरुले गरेको भ्रष्टाचार माथि कारबाहीको आवाज उठाउन कार्यकर्ताले सकेनन् । र सडक तताउन हिम्मत गरेनन् । त्यसबारेमा सभापति शेरबहादुर देउवाले नटेरेको कुरा कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । एमालेका युवा भनाउँदा योगेश भट्राईले पाथीभरा केबलकार काण्डमा बदनाम भएका थिए ।

एमाले अध्यक्ष ओलीको चाकडी गरेर मन्त्री पद खान खोज्ने योगेश भट्राई र सूर्य थापाको निद हराम हुन पुगेको छ । लोकतन्त्र र स्वतन्त्र प्रेस माथीभएको आक्रमणमा खबरदारी योगेश र सुर्य थापाले गरेनन् । अध्यक्षलाई प्रम मानेर स्वार्थ पूरा गर्ने दाउमा जो थिए तीनले पार्टीको विधान अधिवेशनमा पनि जनताको बहुदलीय जनवादको भित्री हैकमबाद सहेकै थिए । जेन्जी पुस्ताको आक्रोशले दलीय हैकमबाद सँगै जोडिएकै थियो । शैक्षिक माफियाले शिक्षामाथि विश्वास घात गरे, कर्मचारीले कुलिङ पिरियडमा खेले । त्यसले गर्दा सरकार धर्मराउन पुगेको थियो । देश लुटेर जमाएकोे सम्पत्ति समेत खरानी भएपछि तीन दलका शिर्ष नेताहरु जनताको बीचमा जान कसरी सक्लान् ? समयले देखाउने छ ।

कांग्रेस र एमालेको दुई तिहाईको सरकारले देशमा केहि गर्न सकेन । त्यसले गर्दा जनतामा आक्रोश छायो । सरकारले सडकमा प्रहरी लगाएर जति धनजनको क्षति ग¥यो त्यसको क्षतिपूर्ति प्राप्त हुन सक्दैन । भ्रष्टाचारको दलदलमा फसेर डा.आरजु कै कारण देशमा जनधनको क्षति हुनपुग्यो । अझैं एमाले र कांग्रेसको सरकार भएको भए देश भ्रष्टाचारमा झन् डुब्ने थियो । योग्य र क्षमता भएका व्यक्तिहरुलाई पछि पारेर राजनीतिक गर्नु थिएन । उपभोक्ताहित विपरीथ संरक्षण विभागका डिजी ६÷६ महिनामा फेरिनु राजस्व भन्सार जस्ता ठाउँमा कर्मचारी टिक्न नसक्नु, नाफाको विद्युत् प्राधिकरणलाई घाटामा पु¥याउनु, विमा प्राधिकरणमा अयोग्यको नियुक्ती हुनु जस्ता कारणले गर्दा जेनजी पुस्ता सडकमा आउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *