काठमाडौं । क्षमताले भन्दा संगठनको आधारमा प्रतिस्पर्धी बिनाको एमाले अध्यक्षले मन पराएका आईजीपी चन्द्र कुवेर खापुङको कमाण्डले आफ्नै संरचना जोगाउन सकेन । एमाले अध्यक्षको रहर शासक बन्न पुगेकै थिएन । संविधान कुल्चन उनी जस्तो माहिर अरु थिएनन् ।
कांग्रेसका रमेश लेखकको भिजीट भिसा प्रकरण होस् वा धनराज गुरुङको पत्नी अन्जलाको सहकारी प्रकरणमा होस् । उनीहरुलाई कारबाही भएन । पहिला खापुङ मधेस प्रदेशमा डिआईजी थिए । प्रहरी कै संलग्नतामा तस्करी चम्क्यो । एआईजी भएपछि केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख भए उनको कार्यकालमा व्यूरोले सहकारी ठगीको छानबिनमा धनराज र अन्जला जस्ता जोगिए कै हुन् । प्रहरी कस्तो सम्म भयो भने एमालेका ऐन महर लाई समेत कारबाही गरेन । उनीद्वारा पिडित युवतीले न्याय पाइनन् ।उनै कुवेर आईजीपी भएको तीन दिन मै देशमा हिंसा भड्कीयो । केपी ओलीको सत्ता गयोे ।
खापुङ आईजीपी भएपछि नेपाल प्रहरीमा चार जना एआईजी दरवन्दी खाली छ । उनी ६१ दिने आईजीपी हुन् । समय लामो छोटो भन्ने हुँदैन राम्रो कामले एकै पटकमा चर्चा पाउँदा नराम्रो कामले वदनाम बनाउँछ । आज प्रहरी कांग्रेस एमालेको भगिनी संगठनको रुपमा बनेको छ । यसले निष्पक्षता देखाएकै छैन । काम चलाउ सरकारले निष्पक्षता देखाउन कति सक्छ तर राजनीतिक रुपमा प्रहरी दलीय हस्तक्षेपको शिकार भएको छ । आईजीपी खापुले एउटा गित ६१ दिने कार्यकालमा लेख्न भ्याए । उनी गितकार पनि हुन् । काम त उनीबाट आश लाग्दो हुने अवस्था छैन । उनी नेपाल प्रहरीको निरीक्षक बन्दा पनि प्रतिक्षा सूचीमा परेर अदालती आदेशले काममा लागेका हुन् । माओवादी जनयुद्वको बेला उनी डिएसपीको रुपमा भक्तपुरमा कार्यरत थिए । एम्बुसमा परेको प्रमाण पत्र भने लिन भ्याएका थिए ।
फागुनमा हुने मध्यावधि निर्वाचनमा स्वतन्त्र निष्पक्ष गर्न यी आईजीपीबाट सम्भव हुँदैनथ्यो । धन्न दान बहादुर कार्कीको कमाण्डमा प्रहरी रहने छ । आईजीपी हुन त गुप्तचरबाट आएका विवादीत एआइजी सिद्वि विक्रम शाहले पनि दौडधुप चलाउँदै थिए ।

