काठमाडौं । क्यानडा, अष्ट्रेलिया र संयुक्त अधिराज्य पछि, पोर्चुगलले पनि स्वतन्त्र प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिने घोषणा गरेको छ ।
आईतबार, पोर्चुगलका विदेशमन्त्री पाउलो रङ्गेलले घोषणा गरेका थिए । उनले पोर्चुगलले अब आधिकारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको हो । वार्षिक संयुक्त राष्ट्र महासभा अघि न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, रङ्गेलले प्यालेस्टाइन राज्यलाई मान्यता दिनुले आधारभूत, सुसंगत र व्यापक रूपमा सहमत नीति पूरा गर्दछ । उनले पोर्चुगलले दुई–राज्य समाधानलाई न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो मान्ने र इजरायल र प्यालेस्टाइन बीच सहअस्तित्व र शान्तिपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्ने बताए ।
यसअघि, संयुक्त राज्य अमेरिका र इजरायलको विरोधको बाबजुद, बेलायतले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएर ऐतिहासिक कदम चालेको थियो । क्यानडा र अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेका छन् ।
यससँगै, बेलायत प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने एक सय ४० देशहरूमा सामेल भएको छ ।
