फ्रान्ससहित थप ६ मुलुकले प्यालेस्टाइनलाई दिए मान्यता

राजनीति समाचार

काठमाडौं । इजरायलले गाजामा भीषण आक्रमण जारी राखिरहेको बेला फ्रान्स, अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भएको उच्चस्तरीय शिखर बैठकलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। बैठकमा प्यालेस्टाइन–इजरायलबीचको दुई–राष्ट्र समाधानलाई पुनर्जीवित गर्ने उद्देश्य राखिएको थियो।

सोमबार साउदी अरेबियासँग सह–आयोजनामा भएको उक्त कार्यक्रममा फ्रान्ससँगै अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका हुन्।
यसअघि नै बेलायतले प्यालेस्टाइनलाई मान्यता दिएकाले लण्डनस्थित दूतावास बाहिर उक्त देशको झण्डा फहराइएको थियो। बेलायतकै निर्णयलाई समर्थन गर्दै विभिन्न फ्रान्सेली शहरहरूले सरकारी रोकका बाबजुद प्यालेस्टिनी झण्डा फहराएका थिए। कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, पोर्चुगल र बेलायतका नेताहरूले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *