गुल्मीमा ३८ प्रकारका कफीको जातको परीक्षण शुरु

विविध समाचार

काठमाडौं । गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण शुरु गरिएको छ ।

रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीले दुई सय रोपनीमा फैलिएको कार्यक्रममा जातीय परीक्षण भइरहेको बताएको छ। उक्त कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावना तयार गरी पेस गरिएको छ । त्यसका अतिरिक्त कफीका अरु जातीय तथा रोगकिरा व्यवस्थापन परीक्षण भइरहेको छ ।

कृषि अनुसन्धान केन्द्र गुल्मीका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बीउ छनोट गरी बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धान गर्न कार्यालयमा अझै दक्ष जनशक्तिको अभाव रहेको बताएको छ ।अनुसन्धान कार्यक्रममा वार्षिक १० हजारभन्दा बढी कफीका बीउ बेर्ना उत्पादन गर्नुका साथै एक सय किलोसम्म कफीको स्रोत बीउ उत्पादन गरी वितरण भइरहेको जनाएको छ।

अनुसन्धान कार्यक्रमले कफी बालीमा मलखाद व्यवस्थापन परीक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गबाँरो तथा अन्य रोगकिरा व्यवस्थापनसम्बन्धी परीक्षणका साथै कफीको गुणस्तरबारेमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *